Author: जसकुमार राई
पूर्व धरानका जोसीला पत्रकार प्रदिप सेमी काठमाण्डौ पत्रकारीताको बाली उठाउन आएको बेला अनामनगरको गुमनाम गल्लीमा पत्रकारीताको सपना बोकेको मेरो एउटा जोश सल्बलाएर धरान सोच्न पुग्छ । धरानको पत्रकारितामा नयाा आयाम थप्ने मेरो सपनाको एउटा प्रमुख सहयात्री प्रदिप सेमी म्ोन्याङवो धरानबाट काठमाण्डुमा पत्रकारीताको बाली उठाउन सधै कहिले खुशी त कहिले जोशीन्दै बर्षमा एक पटक नत्र दुई पटक त आएकै हुन्छ । त्यसबेला मेरो लागी केहि न केहि डाइलग लीएर आएको हुन्छ । यो सायद पुर्वको सबै भन्दा मिठो कोशेली हो की भन्ने लाग्छ, सुगुरको माशु पछिको ।
धराने कालो बंगुरको माशुले आज आकर्षक बजार पाइसकेको छ । बंगुरको माशु आज काठमाण्डुमा एउटा ब्राण्ड बनिसकेको छ कालो भनेर सेतै काटपनि धराने झुण्डाएपछि धराने नै हो भनेर भनिन थालीएको छ । सयौ ठाउमा बोर्ड झुण्डीएको देख्छु ‘धराने कालो बंगुरको माशु यहाा पाईन्छ ।धराने कालो बंगुरको मासु अहिले धरानको सबै भन्दा मिठो कोशेलीको रुपमा स्थापीत भएको छ । धरानेहरुको जमात पनि निकै देख्न सकिन्छ । त्यो विशेष गरी पत्रकारीता जगतमा हेर्नलायक उपस्थिती रहिआएकोछ । यसले धराने बंगुरको जति बजार पाउला नपाउला त्यो समयको धारमा धारीन बााकीनै छ ।
धराने पत्रकारीताले पुर्वाञ्चललाई चिनाउछ । धराने पत्रकारीतामा नया आयाम थप्नलाई हाम्रो धराने पाठकहको रुचीलाई पनि मान्ने पर्ने हुन्छ ।धरानबाट बाली उठाउन आएको बेला धरानको पत्रकारीताको खबर केछ ? भनेर सोध्नु मेरो नियमीत कर्म नै पो हुन्छ । कुनैबेला सुन्छु, गोपाल देवान नेटवर्कीङ ब्यापारमा लाग्नु भएको छ रे । आनन्द श्रेष्ठ, माओवादी पार्टीमा लागेर जनताको सेवा गर्दै हुनुहुन्छ रे, त्यसैगरी भवानी बराल लिम्बुवानको सल्लाहकारको भूमिकामा प्रखर भएर उत्रिनुभएको छ रे । यता कोही जग्गा दलालमा लागेको सुन्छु । कोहि फोटो स्टुडियो खोल्ने कुरा गर्दै गरेको सुन्छु । कोहि भेडेटारतिर जग्गा खरिद गरेर होटल खोल्ने र पर्यटनको विकाश गर्ने तयारी गर्दै गरेको सुन्छु । जनकऋषी गोरुको सिकुटी तयार पार्दै बसेको छ भन्ने अपुष्ट खबर सुन्छु । अनि प्रदिप भन्छ तालाई त धरानले विर्सीयो केटा ? धरानमा अब तेरो परिचयको सोधाई हुन्छ ?
म चाही के गर्दैछु ? अल्मलिन्छु कहिले अनामनगरको बेईमान गल्लीहरुमा जाड खादै राजकुमार दिक्पाल र म भनिरहेका हुन्छौ हामीले कमसे कम पत्रकारीता त पड्यौ ? हामी मख्ख हुन्छौं त्यो दिन । भोलीपल्ट परिवारलाई दाल चामल जुटाउन आफ्नो आफ्नो मालिकको दुनो सोझाउन लागी हाल्छौ । प्रदिप भन्छ, तलाई बिर्सिसक्यो । त्यही त म परिचय बनाउनको लागी काठमाण्डु छिरेको हु । पत्रकारिताको विद्यार्थीको हिसाबले म अनामनगरको गुमनाम गल्लीको भाडाको कोठामा आफूलाई पत्रकारिताको एउटा सिपाहीको रुपमा सोध गरिरहेको हुन्छु । डम्बरकृष्ण (अनुशील) आउछ कोठामा झसंग बनाइदिन्छ पत्रकारिता निरन्तर अभ्यास हो भन्ने पहिलो उदाहरण म पाउाछु । अनि म पनि अभ्यासको लागि एफएमको समाचार कक्षमा आफूलाई उभ्याइरहेको हुन्छु । श्रोतहरुसंग खेलिरहेको हुन्छु ।
कहिले काही राजकुमार दिक्पाल र मैले धरानको पत्रकारितासंगै देखेको सपनाको प्याकेज कोठाभित्र सोच्छौ । हामीले देखेको पत्रकारिताको धरानमा स्थानीय विजययुर एफएम घन्किरहेको हुन्छ । स्थानीय टेलीभिजन हाम्रै वरपरका विकाश र प्रगतीको खबर देखाइरहेको हुनेछ, स्थानीय पत्रपत्रिका (साप्ताहीक, दैनिक, मासिक) प्रतिस्पर्धात्मक हिसाबले प्रकाशित भइरहेका हुन्छन् । धरानको पत्रकारितामा केन्दि्रयता लागु भएको कुरालाई स्वीकार्दा प्रदिप सेमी बाली उठाउन प्रत्येक वर्ष काठमाण्डुमा नै आउन नपर्ने गरी सोचिरहादा हामी धेरै भावुक भइसकेको हुन्छौ । धरानको सन्दर्भमा पत्रकारिताको छुट्टै आयाम थप्ने हाम्रा दिवास्वप्न मात्रै हो की ? भन्ने पनि नलागेके होइन ।
धरानको पत्रकारिताको न्युजलेटरबाट हालको डिजीटल छापाखानासम्म आइपुग्दा सम्म धरानमा दैनिक ब्लाष्ट अनि औजार साप्ताहीक हुदै अहिले दैनिक अनि हाम्रो पुस्ताको अवतरणले पत्रकारितामा अहिले निकै झकझकाएको रहेछ । हो पत्रकारीतामा भूतपूर्व भन्ने नै हाुदैन । पत्रकारिता वर्तमान हो । अहिले हिजो होइन । त्यसैले धरानको पत्रकारिता आजको युग र आजको सुन्दर भावना बोकेर अगाडी बढेको हुनुपर्छ ।
अनि रह्यो विजयपुर एफएमको कुरा ९८.८ मेघाहर्जमा छिट्टै घन्कीन सुरु गर्नेछ । प्रदिप सेमीलाई बाली उठाउन जान बारम्बार गाडीको धपेडीमा काठमाण्डु पुग्नु पर्ने छैन । किनकी स्थानीयताको कुरालाई नै स्थानीय क्षेत्रमा बेचेर अब प्रदिपले केन्द्रका मालिक सम्पादकको कुर्सी अगाडी आफ्नो बढुवाको सिफारीस आफै गर्नुपर्ने छैन । बाकी रह्यो विजयपुर एफएम सायद धरानको सपना हो या तपाई आफ्नै सपना त होईन ?
Source: Hamro Pusta Weekly