धरान सम्झेर

Posted in धरान on December 20, 2007 by raidharan

                                                                      Author: जसकुमार राई

पूर्व धरानका जोसीला पत्रकार प्रदिप सेमी काठमाण्डौ पत्रकारीताको बाली उठाउन आएको बेला अनामनगरको गुमनाम गल्लीमा पत्रकारीताको सपना बोकेको मेरो एउटा जोश सल्बलाएर धरान सोच्न पुग्छ । धरानको पत्रकारितामा नयाा आयाम थप्ने मेरो सपनाको एउटा प्रमुख सहयात्री प्रदिप सेमी म्ोन्याङवो धरानबाट काठमाण्डुमा पत्रकारीताको बाली उठाउन सधै कहिले खुशी त कहिले जोशीन्दै बर्षमा एक पटक नत्र दुई पटक त आएकै हुन्छ । त्यसबेला मेरो लागी केहि न केहि डाइलग लीएर आएको हुन्छ । यो सायद पुर्वको सबै भन्दा मिठो कोशेली हो की भन्ने लाग्छ, सुगुरको माशु पछिको ।

धराने कालो बंगुरको माशुले आज आकर्षक बजार पाइसकेको छ । बंगुरको माशु आज काठमाण्डुमा एउटा ब्राण्ड बनिसकेको छ कालो भनेर सेतै काटपनि धराने झुण्डाएपछि धराने नै हो भनेर भनिन थालीएको छ । सयौ ठाउमा बोर्ड झुण्डीएको देख्छु ‘धराने कालो बंगुरको माशु यहाा पाईन्छ ।धराने कालो बंगुरको मासु अहिले धरानको सबै भन्दा मिठो कोशेलीको रुपमा स्थापीत भएको छ । धरानेहरुको जमात पनि निकै देख्न सकिन्छ । त्यो विशेष गरी पत्रकारीता जगतमा हेर्नलायक उपस्थिती रहिआएकोछ । यसले धराने बंगुरको जति बजार पाउला नपाउला त्यो समयको धारमा धारीन बााकीनै छ ।

धराने पत्रकारीताले पुर्वाञ्चललाई चिनाउछ । धराने पत्रकारीतामा नया आयाम थप्नलाई हाम्रो धराने पाठकहको रुचीलाई पनि मान्ने पर्ने हुन्छ ।धरानबाट बाली उठाउन आएको बेला धरानको पत्रकारीताको खबर केछ ? भनेर सोध्नु मेरो नियमीत कर्म नै पो हुन्छ । कुनैबेला सुन्छु, गोपाल देवान नेटवर्कीङ ब्यापारमा लाग्नु भएको छ रे । आनन्द श्रेष्ठ, माओवादी पार्टीमा लागेर जनताको सेवा गर्दै हुनुहुन्छ रे, त्यसैगरी भवानी बराल लिम्बुवानको सल्लाहकारको भूमिकामा प्रखर भएर उत्रिनुभएको छ रे । यता कोही जग्गा दलालमा लागेको सुन्छु । कोहि फोटो स्टुडियो खोल्ने कुरा गर्दै गरेको सुन्छु । कोहि भेडेटारतिर जग्गा खरिद गरेर होटल खोल्ने र पर्यटनको विकाश गर्ने तयारी गर्दै गरेको सुन्छु । जनकऋषी गोरुको सिकुटी तयार पार्दै बसेको छ भन्ने अपुष्ट खबर सुन्छु । अनि प्रदिप भन्छ तालाई त धरानले विर्सीयो केटा ? धरानमा अब तेरो परिचयको सोधाई हुन्छ ?

म चाही के गर्दैछु ? अल्मलिन्छु कहिले अनामनगरको बेईमान गल्लीहरुमा जाड खादै राजकुमार दिक्पाल र म भनिरहेका हुन्छौ हामीले कमसे कम पत्रकारीता त पड्यौ ? हामी मख्ख हुन्छौं त्यो दिन । भोलीपल्ट परिवारलाई दाल चामल जुटाउन आफ्नो आफ्नो मालिकको दुनो सोझाउन लागी हाल्छौ । प्रदिप भन्छ, तलाई बिर्सिसक्यो । त्यही त म परिचय बनाउनको लागी काठमाण्डु छिरेको हु । पत्रकारिताको विद्यार्थीको हिसाबले म अनामनगरको गुमनाम गल्लीको भाडाको कोठामा आफूलाई पत्रकारिताको एउटा सिपाहीको रुपमा सोध गरिरहेको हुन्छु । डम्बरकृष्ण (अनुशील) आउछ कोठामा झसंग बनाइदिन्छ पत्रकारिता निरन्तर अभ्यास हो भन्ने पहिलो उदाहरण म पाउाछु । अनि म पनि अभ्यासको लागि एफएमको समाचार कक्षमा आफूलाई उभ्याइरहेको हुन्छु । श्रोतहरुसंग खेलिरहेको हुन्छु ।

कहिले काही राजकुमार दिक्पाल र मैले धरानको पत्रकारितासंगै देखेको सपनाको प्याकेज कोठाभित्र सोच्छौ । हामीले देखेको पत्रकारिताको धरानमा स्थानीय विजययुर एफएम घन्किरहेको हुन्छ । स्थानीय टेलीभिजन हाम्रै वरपरका विकाश र प्रगतीको खबर देखाइरहेको हुनेछ, स्थानीय पत्रपत्रिका (साप्ताहीक, दैनिक, मासिक) प्रतिस्पर्धात्मक हिसाबले प्रकाशित भइरहेका हुन्छन् । धरानको पत्रकारितामा केन्दि्रयता लागु भएको कुरालाई स्वीकार्दा प्रदिप सेमी बाली उठाउन प्रत्येक वर्ष काठमाण्डुमा नै आउन नपर्ने गरी सोचिरहादा हामी धेरै भावुक भइसकेको हुन्छौ । धरानको सन्दर्भमा पत्रकारिताको छुट्टै आयाम थप्ने हाम्रा दिवास्वप्न मात्रै हो की ? भन्ने पनि नलागेके होइन ।

धरानको पत्रकारिताको न्युजलेटरबाट हालको डिजीटल छापाखानासम्म आइपुग्दा सम्म धरानमा दैनिक ब्लाष्ट अनि औजार साप्ताहीक हुदै अहिले दैनिक अनि हाम्रो पुस्ताको अवतरणले पत्रकारितामा अहिले निकै झकझकाएको रहेछ । हो पत्रकारीतामा भूतपूर्व भन्ने नै हाुदैन । पत्रकारिता वर्तमान हो । अहिले हिजो होइन । त्यसैले धरानको पत्रकारिता आजको युग र आजको सुन्दर भावना बोकेर अगाडी बढेको हुनुपर्छ ।

अनि रह्यो विजयपुर एफएमको कुरा ९८.८ मेघाहर्जमा छिट्टै घन्कीन सुरु गर्नेछ । प्रदिप सेमीलाई बाली उठाउन जान बारम्बार गाडीको धपेडीमा काठमाण्डु पुग्नु पर्ने छैन । किनकी स्थानीयताको कुरालाई नै स्थानीय क्षेत्रमा बेचेर अब प्रदिपले केन्द्रका मालिक सम्पादकको कुर्सी अगाडी आफ्नो बढुवाको सिफारीस आफै गर्नुपर्ने छैन । बाकी रह्यो विजयपुर एफएम सायद धरानको सपना हो या तपाई आफ्नै सपना त होईन ?

Source: Hamro Pusta Weekly

काठमाडौंमा राइहरुको साकेला

Posted in Uncategorized on October 7, 2007 by raidharan

राइहरु को महान चाड साकेला म काठमाडौं को नखीपोतमा खिचिएको केही तस्बिरहरु। जहाँ म पनि नाच्नको लागि गएको थिए । नाच्न मन पराउनेमा म पर्छु ।

dsc09990.JPG

dsc09994.JPG

dsc00013.JPG

dsc00006.JPG

केही कुरा मेरो पनि….

Posted in Uncategorized on October 5, 2007 by raidharan

नमस्कार,

नेपाली युनिकोड ले गर्दा अहिले आएर आफ्नो कुराहरु राख्न को लागि धेरै सजिलो बनाको छ । जे होस् आज आएर यो ब्लग चलाऊन पाऊदा धेरै खुशी लगेको छ ।मेरो बारेमा भनु पर्दा म ,,,,,,,,,,,,,,,, हा हा हा हा जे भन्दा पनि हुन्छ । I’m working as a computer technician and doing M.A. @ RR college KTM.